बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नवीन गिरी/ नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।


भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८३ जनाको मृत्यु भएको छ । (रेडियो नेपाल)

Translate »