एसईई नतिजा आज प्रकाशित हुने

इकान्तिपुरमा पनि हेर्न सकिने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।

कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनायो ।

अहिले बोर्ड बैठक बसिरहेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।

५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

एसईईको नतिजा www.ekantipur.com सहित www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिनेछ ।

Translate »