रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना

प्रवीर ददेल / साउन २४,रुकुम ।
रुकुम पश्चिमको चौरजहारीमा खाद्य डिपो स्थापना गरिएको छ । यससँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल विक्री गरिने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी र रुकुम पूर्वको शोभागाउँ रुकुमकोट र तकसेराबाट चामल विक्री हुँदै आएको थियो ।

चालू आर्थिक वर्षदेखि भने चौरजहारी नगरपालिकाबाट पनि चामल विक्री हुने डिपोका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । ‘स्थानीय मागका आधारमा चौरजहारीबाट चामल विक्रीको तयारी गरिएको हो,’ उनले भने । चालू आर्थिक वर्षमा चौरजहारीमा ७५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल विक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकोमा १ हजार ८०० र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकोमा १ हजार ५०० क्विन्टल चामल विक्री भएको खाद्य संस्थान रुकुम सल्लेले जानकारी दिएको छ ।

त्यस्तै, रुकुमपूर्वको रुकुमकोट शोभागाउँ तथा तकसेरा विक्री केन्द्रबाट क्रमशः १ हजारको कोटा तोकिएकोमा १ हजार ८०० क्विन्टल चामल विक्री भएको छ ।द्द।छजल्लाका ६ ओटा सहकारीले पनि खाद्यको चामल गाउँमा लिएर सस्तोमा बेच्ने गरेको निमित्त प्रमुख खड्काले बताए । उनका अनुसार सहकारीले ८०० क्विन्टल चामल विक्री
गरेका थिए ।

कम्पनीले दशैं, तिहार, छठ र लकडाउनको समयमा पनि सुपथ मूल्यमा चामल विक्री गरेको थियो । दशैंमा २०० क्विन्टल र लकडाउनको समयमा २०० क्विन्टल चामल सुपथ मूल्यमा विक्री भएको कम्पनीले बताएको छ । (आर्थिक अभियान)

Translate »