२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु



नेपालगन्ज ।  बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत रोल्पाको लुंग्री गाउँपालिका ६ का ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ का ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खेतकी ३९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोका पर्सन तेज वलीले बताए ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार
Translate »