कर्णालीमा साढे २ लाख नागरिकले लगाए कोभिड विरुद्धको खोप

सागर परियार / जुम्ला । कर्णाली प्रदेशमा २ लाख बढी नागरिकले कोरोना भाइरस संक्रमण विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकअनुसार २ लाख ४४ हजार ५ सय १२ जना नागरिकले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । जसमध्ये एक लाख ८ हजार ४ सय ८६ जनाले कोभिसिल्ड खोप लगाएका छन् । भने, कर्णालीका २५ हजार ८ सय १६ जनाले कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका छन् । काभिडसिल्ड खोप अभियान २०७८ वैशाख ७ देखि ११ सम्म सञ्चालन भएको थियो ।

कोभिसिल्ड खोप प्राप्त नभएका कारण कर्णालीका ८२ हजार ६ सय ७० जना नागरिकले निर्धारित समयमै दोस्रो डोज लगाउन पाएका छैनन् । तर, कोभिसिल्डको दोस्रो डोजको प्रतीक्षामा रहेका नागरिकलाई साउन २५ देखि अर्थात् सोमबारदेखि लगाउन शुरु गरिने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक प्रशासक नोदनारायण चौधरीले जानकारी दिए ।

यस्तै, कर्णालीमा २६ हजार ५ सय १० जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । भरोसेलको पहिलो डोज लगाउने खोप अभियान २०७८ जेठ २५ देखि असार १ गतेदेखि शुरु भएको थियो । भने, भेरोसेलकै दोस्रो डोज लगाउन पनि शुरु भएको छ । गएको असार २२ गतेदेखि शुरु भएको दोस्रो डोज कर्णालीका १९ हजार ९ सय ३१ जनाले लगाएका छन् ।

साउन ११ पछि सञ्चालन भएको खोप अभियानमा भेरोसेलको पहिलो डोज लगाउनेको सख्या ८४ हजार २ सय ६८ जना रहेको चौधरीको बताए । उनका अनुसार जोन्सन एण्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २५ हजार २ सय ४८ रहेको छ ।

पछिल्लो चरणमा आएको जोनसोन एण्ड जोन्सन खोप भने चार जिल्ला मुगु, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लामा मात्र सञ्चालन भएको छ । साउन २४ देखि बाँकी कर्णालीका सबै जिल्लामा साउन महिनाभित्रै खोप अभियान सञ्चालन गर्ने तयारी भएको जनाइएको छ ।

Translate »