कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव भेटियो
साउन २५, सुर्खेत। कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गत साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको बीच भागमा सलामीमगरको शव फेला परेको थियो । तत्काल पहिचान हुन नसके पनि उनका श्रीमान करन सलामीमगरले सनाखत गरेका हुन् । उनको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।