शून्य समयमा सांसदहरुले के भने?

काठमाडौँ – प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले दुई पटक विघटन हुँदा पनि फेरि संसद पुनःस्थापित भएकोमा आफूहरु भाग्यमानी रहेको बताइन् ।

सांसद लालकाजी गुरुङले संसद पुनस्स्थापना गर्न सक्रिय भूमिका खेलेकोमा १४६ जना सांसदप्रति सम्मान व्यक्त गरे ।

अर्का सांसद लालप्रसाद साँवा लिम्बुले परमादेशाट सरकार बनेको बताउँदै सुकुम्बासी, दलितलाई जग्गा दिन बनेको आयोग खारेज भएको मा आपत्ति जनाए ।

बाजुरा जिल्लामा बाढी पहिरो प्रभावितलाई राहत दिन सांसद लालबहादुर थापाले ध्यानाकर्षण गराए ।

सांसद विद्या भट्टराईले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चिताको माग गरिन् । उनले कक्षा १२ को स्थगित परीक्षाको विकल्प खोज्न आग्रह गरिन्। विश्वविद्यालय तहका विद्यार्थीलाई खोप दिन उनले माग गरिन् ।


सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रका मजदुरको विवरण पञ्जिकरण गर्न माग गरिन् ।

सांसद शक्ति बस्नेतले कोरोनाको प्रतिकार्यका लागि सरकारले के गरिरहेको छ त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरिन् । सांसद शशि श्रेष्ठले खोप खोप खोप प्रधानन्त्रीका विकल्प भएको सुनिएकोले नागरिकले कहिलेसम्म पाउँछन् भनेर प्रश्न गरिन् ।

उनले संक्रमण बढेर अस्पताल भरिन लागेको सुनिन थालेकोले यसको तयारीका लागि के भइरहेको छ भनेर प्रश्न गरिन् ।

सांसद शान्ता चौधरीले दलाल पुँजीवादको प्रतिधित्व गर्ने सरकारसँग आश नरहेको बताइन् ।

सांसद शेरबहादुर तामाङले मेलम्चीमा आफूहरुपछि सरकार नपुगेको बताए । सांसद समिन हुसेनले नागरिता विधेयक छिटो पास गर्न ध्यानाकर्षण गराए । (देश सञ्चार)

 

Translate »