रहेनन् सुर्खेती शिक्षा क्षेत्रका अग्रणी कार्की


स्काई न्यूज /  साउन २६, सुर्खेत ।
सुर्खेती शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व, समाजसेवी सीताराम कार्कीको निधन भएको छ । कोरोना संक्रमणपछि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत ६१ वर्षीय कार्कीको मंगलबार दिउँसो निधन भएको हो । आदर्शराज मेमोरियल बोडिङ स्कूलका संस्थापक कार्कीको निधनबाट सुर्खेती शिक्षा क्षेत्रलाई अपुणिय क्षति पुगेको सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले बताए । झापामा जन्मेका कार्की सुर्खेतलाई कर्मथलो बनार एक दर्जन बढी समाजसेवी विभिन्न संघसंस्थाहरुमा आवद्ध थिए । कोरोनाको पहिलो लहरमा गरिएको लकडाउनताका धेरै प्रभावितलाई राहत बाँडेका थिए । धेरै गरिब दुःखीको चुल्हो बालेका उनको निधनले सदरममुकाम वीरेन्द्रनगरलाई ठूलो क्षति पुगेको विभिन्न व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । कोरोना संक्रमण भएर स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । स्वर्गीय कार्कीका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

Translate »