२०८३ कात्तिक २६ , बुधबार
Sky News Nepal
November 11, 2026

विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा खोप उपलब्ध गराउने निर्णय



केशव ढुङ्गाना / काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रालयले आज सचिव स्तरीय निर्णय गरी परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई तत्काल कोरोना विरुद्धको खोपको पहिलो मात्रा उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रालयले आजै विद्यार्थीहरूलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउन सबै जिल्ला खोप समन्वय तथा अनुगमन समितिलाई निर्देशन दिइसकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिए।

विद्यार्थीहरूलाई उपलब्धताका आधारमा एक्ट्राजेनिका वा भेरोसिल मध्ये कुनै एक खोप दिने र खोप दिने मिति तथा खोप केन्द्र निर्धारण गर्ने जिम्मेवारी जिल्ला खोप समन्वय तथा अनुगमन समितिलाई दिइएको छ । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार
Translate »