कोहलपुर ईप्रकाबाटै मोटरसाइकल चोरी

स्काई न्यूज / साउन २७, कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट दिउँसै मोटरसाईकल चोरी भएको छ । बुधबार दिउँसो काम विशेषले आएका सेवाग्राही मानबहादुर शाहीको ईप्रकाको हाताबाटै मोटरसाईकल चोरी भएको हो । भे १० प–३५३६ नम्बरको रातो पल्सर बाईक ईप्रकाको हाताबाट हराएपछि प्रहरीमा खैलाबैला मच्चिएको छ । सेवाग्राही शाहीले हराएको मोटरसाईकल खोजी गरिदिन ईप्रकामै निवेदन दिएका छन् । ‘प्रहरी कार्यालयबाटै मोटरसाईकल हराउनु नागरिकको शान्ति, सुरक्षा माथि नै खेलवाड भईरहेका छ,’ शाहीले भने, ‘दिनदहाडे प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी हुनु नागरिकको ज्युधनको सरक्षाप्रति राज्य जिम्मेवार छैन भन्ने स्पष्ट भएको छ ।’ उनले प्रहरी कार्यालयबाटै मोटरसाईकल चोरी हुनु प्रहरी माथि नै प्रश्नचिन्ह खडा भएको जिकिर गरे । यता ईप्रका कोहलपुरका प्रहरी निरीक्षक होमप्रकाश चौधरीले ईप्रका आएका सेवाग्राहीको बाईक हराए खबर पाएसँगै खोजीकार्य तीव्र पारिएको बताए । ईलाका वरिपरी रहेका सिसि क्यामेराहरुसमेत प्रभाबकारी नहुँदा हराएको मोटरसाईकल खोजी कार्यमा समस्या भईरहेको छ ।

Translate »