राष्ट्रिय यूवा संघ सुर्खेतले पूर्णता पायो

स्काई न्यूज / साउन २७, सुर्खेत ।
राष्ट्रिय यूवा संघ नेपाल जिल्ला कमिटीे सुर्खेतले पूर्णता पाएको छ । सुर्खेत जिल्ला अध्यक्ष कमल खड्का (जुनी) को अध्यक्षतामा बुधबार वीरेन्द्रनगरमा बसेको बैठकले ३ सय ५१ सदस्यीय जिल्ला कमिटी पुर्नगठन गरेसँगै पूर्णता पाएको हो । बैठकले निर्वाचन क्षेत्र कमिटी र पालिका कमिटीहरु समेत सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्ष, बासुदेव आचार्य, उपाध्यक्ष विक्रम विक, अमृत बुढा, होमबहादुर रामजाली, समीर शाही र कटक शाही, सचिव रमेश खड्का, सह–सचिव डम्मर राना, मनोजकुमार पाण्डे, कमल रानामगर, लेखनाथ बुढा, दिपेन्द्र थापा, दिपेन्द्रकुमार शाही तथा कोषाध्यक्षमा नम्रता कार्की रहेका छन् ।

बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १, को अध्यक्षमा वीरजीत बस्याल, सचिवमा भीमबहादुर रोकाय, प्रदेश निर्वाचन क्षेत्र नम्वर १, (क) को अध्यक्षमा प्रेम केसी, सचिव महेश खत्री, प्रदेश निर्वाचन क्षेत्र नम्वर २, (ख) को अध्यक्षमा ओमप्रकाश तिवारी, सचिव सुन्दर कार्कीलाई चयन गरेको हो । त्यस्तै बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २, को अध्यक्षमा रेशमप्रसाद ढकाल, सचिव नवराज सुवेदी, प्रदेश निर्वाचन क्षेत्र नम्वर २, (क) को अध्यक्षमा लोकेन्द्रबहादुर चन्द, सचिव नरेश शाही, प्रदेश निर्वाचन क्षेत्र नम्वर २, (ख) को अध्यक्षमा होमराज थापा, सचिव रमेश ढुङगानालाई चयन गरेको हो । बैठकले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका स्तरीय समिति समेत गठन गरेको छ । बैठकले वीरेन्द्रनगरको अध्यक्षमा रामु खत्री, सचिव विजय थापामगर, लेखबेशी नगरपालिकाको अध्यक्षमा कसम गाहा, सचिवमा युवराज राना, भेरींगा नगरपालिकाको अध्यक्षमा रमेश शर्मा, सचिव सन्दिप पुन मगर, गुर्भाकोट नगरपालिकाको अध्यक्षमा शंकर गुरुङ, सचिव छवि नेपाली, सिम्ता गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र सिंह, सचिव सूर्य रोकाय, चिङ्गाड गाउँपालिकाको अध्यक्षमा लालबहादुर चन्द, सचिव मोहन राना, बराहताल गाउँपालिकाको अध्यक्षमा उमेश गौतम, सचिव जगतबाबु अधिकारी, पञ्चपुरी नगरपालिकाको अध्यक्षमा भिमराज बुढा, सचिव कमल सिजापति तथा चौकुने गाउँपालिकाको अध्यक्षमा कर्ण विष्ट, सचिव जनक शाहीलाई चयन गरेको छ ।