लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

साउन २८, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।  केसी  माओवादी केन्द्र संसदीय दलका नेता पनि हुन् ।

यसअघि शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनलाई मुख्यमन्त्री पदको आजै नै सपथ गराउने तयारी भएको छ।

Translate »