थपिए ३४०३ जना कोरोना संक्रमित, ४२ जनाको मृत्यु

भदौ २, काठमाडौं । बुधवार पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा कोरोना संक्रमण देखिएको हो ।


त्यस्तै सोही अवधिमा देशभर ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ । यसैगरी, बुधवार २ हजार १०४ जना निको भएसँगै हालसम्म ६ लाख ८९ हजार १७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Translate »