तेक्वान्दो संघ सुर्खेतको अध्यक्षमा कार्की

स्काई न्यूज / भदौं २, सुर्खेत ।
नेपाल तेक्वान्दो संघ सुर्खेतको अध्यक्षमा विकास कार्की चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा भएको संघको तेस्रो अधिवेशनले नयाँ नेतृत्वको लागि अध्यक्षमा कार्कीलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा गणेश थापा, सचिव मनमोहन भट्टराई, कोषाध्यक्ष कल्पना शाही तथा सदस्यहरुमा विष्णु तिरुवा, निरज शाही, सुष्मिता विक, भिमबहादुर रावत र कृष्ण तिवारीलाई चयन गरेको छ । अधिवेशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी बोर्ड केन्द्रीय सदस्य नन्दा बस्यालले कर्णालीमा खेल क्षेत्रको विकासका लागि सबै पक्षको समन्वय, सहयोग आवश्यक रहेको बताईन् ।

उनले तुलनात्मकरुपले कर्णालीका महिला खेल क्षेत्रमा पछाडि परेकाले महिलाको सहभागिता बढाउन महिला नै अगाडि आउन आवश्यक रहेको औल्याईन् । अधिवेशनले राष्ट्रिय कार्यकारी बोर्डको केन्द्रीय सदस्य बस्याल र खेल पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत भानुभक्त अधिकारीलाई सम्मान गरेको थियो । कार्यक्रममा तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण कडेल, सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, खेलकुदका अध्यक्ष चन्द्रकुमार गिरीलगायतको सहभागिता रहेको थियो ।

Translate »