कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको भवन उद्घाटन

कृषि तथा पशु क्षेत्रको विकासका लागि ३ करोड ६७ लाखमा सुविधा सम्पन्न भवन

स्काई न्यूज / भदौं ७, सुर्खेत ।
कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको नवनिर्वित भवनको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सोमबार एक औपचारिक कार्यक्रम वीच प्रशिक्षण केन्द्रको नवनिर्वित दुई भवनको उद्घाटन गरेका छन् । देश संघीय संरचनामा गएसँगै कर्णाली प्रदेश सरकारले साविकका कृषि तथा पशु कार्यालयलाई मर्ज गरेर बनाईएको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र यसअघि साढे ३ वर्षदेखि भाडाको घर बस्दै आईरहेको थियो । संघ सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्गत रहेको नेपाल लाईभ स्ट्क सेक्टर ईनोभेसन प्रोजेक्ट (एनएलएसआईपी) को सहयोगमा ३ करोड ६७ लाख रुपैयाँमा प्रशिक्षण केन्द्रको भवन निर्माण सम्पन्न भएको हो । नयाँ भवन बनेसँगै अब कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण दिन अब केन्द्रलाई भाडामा घर लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । सविधा सम्पन्न नवनिर्मित भवन भित्र कार्यालय सञ्चालनका लागि १२ वटा कोठासँगै तालिम, सेमिनार र क्यान्टिन भवन समेत बनाईएका छन् ।

भवन उद्घाटन कार्यक्रममा मन्त्री शाहीले पदेशको गरिवी, अशिक्षा, आर्थिक अभाव र दक्ष जनशक्ति अभावलाई दुर गर्दै समृद्ध कर्णाली निर्माणमा जुट्न आव्हान गरे । उनले प्रमुख मेरुदण्डका रुपमा रहेको कृषी र पशु क्षेत्रको विकास गरेर नै समृद्ध कर्णालीको सपना साकार हुने बताए । ‘राजनीतिक क्रान्तीसँगै कृषि तथा औद्योगिक क्रान्तिले मात्र देशलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भने, ‘समृद्धिका लागि राजनीतिक, दल, कृषक, व्यापारी, उद्यमी लगायत आम नागरिकको समान सहभागिता अपरिहार्य हुन्छ ।’ उनले मुलुकमा एक प्रकारको राजनीति कोर्ष पुरा भईसकेकाले विभिन्न प्रकारका आग्रह, पूर्वाग्रह त्यागेर चौतर्फी विकास जुट्न प्रदेशबासीलाई आग्रह गरे । कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिवका डाक्टर गोविन्द्रप्रशाद शर्माले मुलुकको समृद्धिका लागि कृषि तथा पशु क्षेत्रको विकास अपरिहार्य रहेकाले कर्णालीका कृषकलाई व्यवसायी बनाउन सुर्खेतमा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र निर्माण गरिएको जनाए ।

उनले कृषि तथा पशु क्षेत्रमा रहेको सम्भावनाको लाभ लिन व्यवसायी प्रशिक्षण तथा अनुभव लिन आवश्यक रहेको औल्याए । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्राले प्रदेश सरकारले कृषकलाई व्यवसायी बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाए । उनले कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र स्थापनाको उद्देश्य अनुरुप कृषकलाई प्रत्यक्ष लाभ पुग्ने काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनका अनुसार कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको भवन निर्माण सम्पन्न भएसँगै अब प्रदेश सरकार सहकारी तालिम केन्द्र भवन निर्माणका लागि प्रयासरत रहेको छ । कार्यक्रममा नेपाल लाईभ स्ट्क सेक्टर ईनोभेसन प्रोजेक्ट (एनएलएसआईपी) आयोजना प्रमुख डाक्टर उमेश दाहालले प्रशिक्षण केन्द्रको नव निर्वित भवन प्रदेश सरकारलाई हस्तान्त्ररण गर्दै कर्णालीको कृषि तथा पशु क्षेत्रको विकासका लागि आयोजना निरन्तर सहकार्य तथा सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

Translate »