ठगि गरेको आरोपमा दुई युवा पक्राउ

सुर्खेत । पत्रकार भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ‘सुर्खेत न्यूज २४’ युट्युव च्यानल खोलेर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा प्रहरीले धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक कनक शाहीका अनुसार युट्युवको शेयर निस्कासन भएको भन्दै स्थानीय चक्र शाहीबाट दुई लाख र शर्मिला शाहीबाट ५० हजार ठगेको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको हो ।

‘शेयर सदस्य बनाउँछु भन्दै पैसा उठाएर शेयर सदस्य नबनाएर ठगी गरेको उजुरीका आधारमा शाही र विकलाई भदौ ३ गते पक्राउ गरेका हौं,’ प्रहरी निरीक्षक शाहीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

Translate »