२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

एशियन लाइफद्वारा मृत्युदाबी भुक्तानी



स्काई न्यूज / भदौं ९, सुर्खेत ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले विमारी भई उपचारको क्रममा मृत्यु भएकी सुर्खेतको वीरेन्द्रनगर–५, निवासी भिममाया गुरुङका श्रीमान प्रेमध्वज मोक्तानलाई ५ लाख ६१ हजार १ सय ७० रुपैयाँको दाबी भुक्तानी गरेको हो । बुधबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि सुर्खेत शाखा प्रबन्धक पारसमणि खनालले दाबी वापतको चेक वीमितका श्रीमान मोक्तानलाई हस्तान्तरण गरिएको कम्पनीका सुर्खेत अफिसर निर्मला पाठकले जानकारी दिईन् । उनले २०७५ असार ४ गतेका दिन मृत्तकले ४ लाख ७५ हजार रुपैयाँको जीवन वीमा गराएको बताईन् । वीमा हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक खनालले जीवन वीममा मृत्यु हुँदा एकमुष्ट रकम बोनससहित फिर्ता हुनुका साथै अभिभावकको मृत्यु हुँदा बच्चाको मासिक पढाई खर्च, किस्ता छुटलगायत विशेषता रहेको हुँदा आर्थिक जोखिमबाट सुरक्षित हुन अपिल गरे । कार्यक्रममा कम्पनीका अभिकर्ता कोपिला थापासँगै मृत्तकका आफन्तहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ भदौ ९ गते बुधबार
Translate »