सल्यानबाट १० प्रजातिका जडीबुटी निकासी

दीपक शर्मा / सल्यान । सल्यानबाट गत आर्थिक वर्ष २०७७र०७८ मा विभिन्न १० प्रजातिका ७ लाखभन्दा बढी जडीबुटी निकासी भएको छ ।
जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखाबाट सङ्कलन गरिएका ७ लाख ७५ हजार १ सय ७४ किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाबाट राष्ट्रिय वन तर्फ टिमुर ८८ हजार किलो, रिट्ठा २ लाख ३२ हजार ५ सय किलो, तेज पात ६८ हजार ५ सय ५२, घोडताप्रे ५ सय , बज्र दन्ती २ सय ५ सय, अमला १ हजार किलो, चुत्राको बोक्रा २५ हजार किलो, पाखनभेद ३२ किलो, काउलोको बोक्रा ६ हजार ९ सय ४०, र गोकुलधुप ९ सय किलो गर २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालयका विजय पुलामी मगरले जानकारी दिए ।

यस्तै निजी आबादीतर्फ टिमुर ३ लाख ३८ हजार २ सय ५० किलो र रिट्ठा ११ हजार किलो निकासी भएको उनलृे बताए।
जिल्लामा राष्ट्रिय वनतर्फ ४ लाख ६४ हजार १ सय ८० किलो जडीबुटी उत्पादन भएको भए पनि ४ लाख २५ हजार ९ सय २४ किलो निकासी भएको छ ।
३८ हजार २ सय ५६ किलो जडीबुटी निकासी हुन बाँकी रहेको उनको भनाई छ ।
जिल्लामा करोडौँ मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटी संरक्षणतर्फ भने सरोकारवालाको ध्यान दिएको पाइँदैन । (रेडियो नेपाल)