भारतमा थप ४२ हजार संक्रमित, ३८० जनाको मृत्यु

 भदौ १४, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ संक्रमित भएका थिए । सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरि संक्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना संक्रमित भएको अधिकारीहरुले बताएका छन् । सोही अवधिमा केरलामा ७५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४ लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ । महाराष्ट्रमा १३१ जनाको मृत्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । भारतमा अहिलेसम्म कुल ३ करोड २६ लाख ९५ हजार ३० जना संक्रमित भएको मन्त्रालयले बताएको छ ।

कुल संक्रमितमध्ये ३ लाख ७६ हजार ३२४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल संक्रमितमध्येको १ दशमलव १५ प्रतिशत हो । अहिलेसम्म कुल ३ करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।   रासस/  एएनआई

Translate »