अछाममा खोलाले बगाएर वृद्धको मृत्यु

टेकराज भण्डारी / अछाम । अछाममा खोलाले बगाएर एक वृद्धको ज्यान गएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका  ६५ वर्षीय बुदे मयालको खोलाले बगाएर ज्यान गएको हो ।

कामबाट घर फर्किने क्रममा स्थानीय बल्लेखोला तर्दै गर्दा हिजो साँझ खोलाले बगाएर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको ठाउँबाट करिब २० मिटर तल उनी मृत अवस्थामा भेटिएका शान्तडा प्रहरी चौकीले जनाएको छ ।

Translate »