हुम्ला सीमा समस्या अध्ययन गर्न समिति गठन

भदौं १६, काठमाडौं । सरकारले हुम्ला सीमा क्षेत्रमा आएका समस्याबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लुमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको उनले बताए । यस्तै, सरकारको कोभिडविरूद्धको खोप क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

Translate »