कक्षा १२ को परीक्षा भदौ ३० देखि

काठमाडौं : कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थगित कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

सोही अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय बोर्ड बैठकले गरेको हो। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ।

Translate »