बुधवार प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

भदौ १६, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ४०० ले घटेको सुनको भाउ बुधवार रू. २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २०५ मा कारोबार भएको चाँदी बुधवार रू. १ हजार १९५ मा खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदी प्रतितोला रू. १० ले घटेको हो ।

Translate »