
अब घरेलु उद्योगकाका लागि ऋणलिन राखिने जग्गा धितोमा मोटरबाटो आवश्यक नपर्ने भएको छ । घरेलु उद्योगलाई प्रोत्साहन गर्न मोटर बाटो नभएको जग्गासमेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको राष्ट्र बैंकले जनाएको छ । यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।जग्गा धितोमा ऋण लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरू बैंकको प्राथमिकतामा पर्दैन थिए । १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ ।


यस किसिमका ऋण माग भई आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । ‘प्रत्येक शाखाले यस प्रकारकोयस किसिमका ऋण माग भई आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । ‘प्रत्येक शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा दिनुपर्ने छ’ निर्देशनमा भनिएको छ । (विजनेश वल्र्ड)











