बिहीवार प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ
भदौ १७, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. २०० ले घटेको सुनको भाउ बिहीवार पनि सोही अंकले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू. १ हजार १९५ मा कारोबार भएको चाँदी बिहीवार रू. १० ले बढेर प्रतितोला रू. १ हजार २०५ मा किनबेच भइरहेको छ ।