२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

सल्यानमा नाइट भिजनसहित ९ वटा हेलिप्याड निमार्ण



दीपक शर्मा / सल्यान । सल्यानमा नाइट भिजनसहित ९ हेलिप्याड निमार्ण गरिएको छ ।

विपद् पूर्व तयारी स्वरूप नाइट भिजन सहितका ९ वटा हेलिप्याड निमार्ण गरिएको हो ।

जिल्लामा रहेका सात वटा गाउँपालिकामा १/१ का दरले र ३ नगरपालिकामा २ र२ का दरले १३ वटा हेलिप्याड निमार्ण गर्ने योजना अनुसार अहिलेसम्म ९ वटा निमार्ण सम्पन्न भइसकेको नेपाली सेना सबुझ गणले जनाएको छ ।

नेपाली सेनाको सिमखर्क ब्यारेकको हाता भित्र नाइट भिजन हेलिप्याड निमार्ण गरिएको छ ।

नाइट भिजन हेलिप्याडको काम अन्तिम चरणमा पुगेको र प्राविधिक सहितको टोलीले अनुगमन गरी हेलिप्याड ल्यान्ड गरेपछि पूर्णता पाउने सबुज गणका गणपति कञ्चन कृष्ण बस्नेतले बताए ।

नाइट भिजन हेलिप्याड सञ्चालनमा आए रातको समयमा हुनै घटनामा उद्धार तथा व्यवस्थापनमा निकै सहज हुने बताए ।

शारदा नगरपालिकामा दुई, बनगाड कपिण्डे र बागचौर नगरपालिकामा १र१ वटा हेलिप्याड निमार्ण गरिएको छ ।

यस्तै कपुरकोट, छत्रेश्वरी,दार्मा र कुमाख गरी ९ वटा हेलिप्याड निर्माण गरिएको छ । कालीमाटी र त्रिवेणीमा केही समय भित्रै निमार्ण सम्पन्न हुने बस्नेतले बताए।

सरकारले दुर्गम क्षेत्रका गर्भवती, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि एयर एम्बुलेन्स सुरु गरेपछि हेलिप्याड निमार्णलाई जोड दिइएको प्रमुख सेनानी बस्नेतले बताए ।

आकस्मिक बिरामी र दुर्घटनाको घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताए । विपद् पूर्व तयारीका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार
Translate »