मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

भदौं १७, जाजरकोट ।  जाजरकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–८, गिमाका ३७ वर्षीय सिनियर अहेव गोपाल कार्कीको घटनास्थलमै मृत्यु भएको हो । भेरी नगरपालिका–८ झुप्रेखोलास्थित सडकमा कर्णाली प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल झुप्रे खोलामा खसेर दुर्घटना हुँदा बुधबार साँझ सिनियर अहेव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । प्रहरीका अनुसार मृत्तक कार्की स्वाथ्य चौकी स्याउली जाजरकोटका ईन्चार्ज हुन् । दुर्घटनाको कारण बारे थप आवश्यक अनुसन्धान भईसकेको प्रहरीको भनाइ छ ।

Translate »