यूनियनको ३२ औं स्थापना दिवस मनाईदै

स्काई न्यूज भदौं १९, सुर्खेत । नेपाल निजामती कर्मचारी यूनियनको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । यूनियनको ३२ औं स्थापना दिवसको अबसर पारेर आज सुर्खेतको वीरेन्द्रनगरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै मानव सेवा आश्रममा रहेका नागरिकका लागि खाद्यन्न तथा फलफुल वितरण गरिएको हो ।

दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय सदस्यद्वय सुशील केसी र गणेश थापा तथा यूनियनका कर्णाली प्रदेश सचिव काँशिराम भट्टराई, यूनियनका सुर्खेत जिल्ला उपाध्यक्ष रंगवीर रोकायलगायतले कोभिड–१९, ले समग्र क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै अझै पनि कोरोना भाईरसको जोखिम कायमै रहेकाले सचेत र सजक रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यूनियनका कर्णाली प्रदेश सचिव भट्टराईले कर्णालीमा कर्मचारीले भोग्नु परेका विविध समस्याहरुलाई यूनियनले गम्भीरतापूर्वक समाधानका लागि प्रयास जारी राखेको जिकिर गरे । उनका अनुसार आजै साँझ वीरेन्द्रचोकमा शान्ति तथा समृद्धिका लागि मोमबत्ती प्रज्जवल गर्ने कार्यक्रम रहेको छ ।

Translate »