अज्ञात समूहद्वारा एमाले नेताको मोटरसाइकलमा आगजनी

स्काई न्यूज / भदौं २४, सुर्खेत ।  सुर्खेतका एमाले नेता तथा बैंकर हरिहरनाथ योगीको मोटरसाइकलमा आगजनी भएको छ । अजात सूमहले गएराती योगीको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानस्थित आवासमा पार्किङ गरि राखेको भे ६ प–८४५२ नम्बरको मोटरसाइकलमा आगजनी गरेको हो ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।

करिब अढाई लाख मूल्यको हिरो कम्पनीको एक्सट्रीम मोटरसाईल आगजनी गर्नुको कारण बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । यता आगजनी गरिएको मोटरसाइकलसँगै रहेको स्कुटरमा समेत क्षती पुगेको नेता योगीका परिवारजनले बताएका छन् ।

Translate »