सुनको मूल्य चारसय घट्यो

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साता कारोबार भएको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Translate »