मंगलवार सुनचाँदीको मूल्य स्थिर

भदौ २९, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा गत कारोबार दिन अर्थात् सोमवार रू. ४०० ले बढेको सुनको भाउ मंगलवार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । सोमवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमवार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Translate »