अछाम–सुर्खेत–काठमाडौँ बस सेवा सुरु

टेकराज भण्डारी / अछाम । अछामबाट सुर्खेत हुँदै काठमाडौँ सिधा बस सेवा शुरु हुने भएको भएको छ ।

सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि. द्वारा असोज ३ गते देखि अछामको साँफेबगर देखी सुर्खेत हुँदै काठमाडौंसम्म डिलक्स बस सञ्चालन हुन लागेको हो ।

यसअघि अछाम देखि धनगढी हुँदै काठमाडौँ बस सेवा सञ्चालनमा आए पनि अछाम देखि सुर्खेत हुँदै काठमाडौँ बस सेवा पहिलो पटक सञ्चालन हुन लागेको हो ।

अब असोज ३ गते देखि दैनिक अछामको साँफेबगर–मङ्गलसेन–विनायक–साईलोखा–दैलेख–सुर्खेत–कोहलपुर हुँदै काठमाण्डौँसम्म सुविधायुक्त डिलक्स बस सेवा सञ्चालनमा आउन लागेको सुन्दर सुदूरपश्चिम यातायात प्रा।लिई। अछाम शाखा इन्चार्ज राजेश बाबु बोगटीले बताए ।

इन्चार्ज बोगटीका अनुसार सेवाग्राही यात्रु महानुभावहरुको मागलाई मध्यनजर गर्दै अछाम देखि सुर्खेत हुँदै काठमाडौँ सम्म यात्रा गर्न छोटो दुरी सुर्खेत हुँदै बस सेवा सञ्चालन गर्न लागिएको हो ।

अछामबाट धनगढी हुँदै काठमाडौँ जानुभन्दा सुर्खेत हुँदै काठमाडौँ सम्मको दुरी करिब ३ सय किलोमिटर कम हुन जान्छ ।

Translate »