२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

बैंकले बढाए ब्याजदर, कुन बैंकको कति पुग्यो ?



३१ भदौ, काठमाडौं । बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।

धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ । प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ ।

नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

आधारदर ५.४१ प्रतिशत रहेको यस बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म पि्रमियम थपेर कर्जामा ब्याज लिने जनाएको छ । (अनलाइन खबर)

निक्षेपमा कसको कति पुग्यो ? 

क्र.सं बैंक उच्चतम् ब्याजदर (प्रतिशत)
१ सनराइज                   १०.०७
२ प्राइम                      ९.७५
३ मेगा                       ९.५५
४ एनएमबि                      ९.५२
५ सानिमा                       ९.५१
६ ग्लोबल आएमइ                       ९.५०
७ एनसीसी                       ९.२६
८ नबिल                      ९.२६
९ सेन्चुरी                       ९.२५
१० सिभिल                       ९.२५
११ सिद्धार्थ                       ९.०५
१२ हिमालयन                      ९.००
१३ नेपाल इन्भेस्टमेन्ट                      ९.००
१४ लक्ष्मी                    ९.००
१५ बीओके                       ८.७७
१६ नेपाल बंगलादेश                       ८.७६
१७ माच्छापुछ्रे                      ८.७५
१८ एनआसी एसिया                       ८.६०
१९ एसबीआइ                       ८.५५
२० एभरेस्ट                       ८.५०
२१ प्रभु                      ८.२५
२२ कुमारी                       ८.१५
२३ राष्ट्रिय वाणिज्य                       ८.०६
२४ नेपाल बैंक लिमिटेड                       ८.०५
२५ सिटिजन                        ८.००
२६ एडीबीएल                      ८.००
२७ स्टान्डर्ड चार्टर्ड                       ७.५०
प्रकाशित मिति : २०७८ भदौ ३१ गते बिहीबार
Translate »