वीरेन्द्रनगरको बसपार्क स्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरमा बजार अनुगमन टोलीको छापा

स्काई न्यूज / असोज ६, सुर्खेत ।  जिल्ला संयुक्त बजार अनुगमन टोली सुर्खेतले वीरेन्द्रनर स्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरमा छापा मारेको छ । आम नागरिकबाट कमसल वस्तु विक्री वितरण भईरहेको गुनासो आएपछि अनुगमन टोलीले गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरमा छापा मारेको हो ।

टोलीले अनुगमनका क्रममा डिपार्टमेन्टल स्टोरबाट न्यून गुणस्तरको १६ पोका काजु बरामद गरेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरबाट करिब २६ हजार मूल्य बराबरको किरा परेका काजु बरामद गरि नष्ट गरिने तयारी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।

उनले डिपार्टमेन्टर स्टोरमा विक्रीका राखिएका गुणस्तरहिन किरा परेका काजुलाई बरामद गरि आईन्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाईएमा कडा कार्वाही गर्ने शर्तमा छोडिएको जनाए । उनका अनुसार पहिलो पटकको हकमा चेतावनी दिएर छोडिएपनि फेरी कमसल वस्तु विक्री गरेको पाईएमा ५० हजारदेखि ५ लाख रुपैयाँ जरिवानासहित ५ वर्ष कैद गरिने कानूनी व्यवस्था रहेको छ ।

खाद्य प्रविधिका हाकिम थापा नेतृत्वको बजार अनुगमन टोलीले गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरमा बाहिरी हल्ला जस्तो विक्री वितरणका लागि राखिएका सबै वस्तु गुणस्तरहिन नरहेको पाईएको वीरेन्द्रनगर नगरपालिकाका उद्योग शाखा प्रमुख ईन्द्रबहादुर थापाले बताए ।

उनले अनुगमनका क्रममा अन्य वस्तुको गुणस्तर राम्रै मापदण्ड अनुरुपको पाईएपनि १५ पोका काजु भने किडा लागेको पाईएको जनाए । उनका अनुसार अनुगमनका क्रममा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर कानून अनुरुप नै सञ्चालन रहेको पाईएको छ ।

अनुगटमन टोलीले गार्डेन मार्टलाई आउँदै गरेको दशै, तिहार र छठपर्वको अवसरमा सहुुलियत मूल्य पसल सञ्चालन गर्न समेत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सरस्वती रेग्मीले बताईन् । उनले चाडपर्व नजिकिएसँगै बजारमा कालाबजारी र महँगीले उपभोक्तालाई सास्ती भईरहेकाले बजार अनुगमनलाई कडाई गरिने जानकारी दिईन् ।

उनका अनुसार राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, पत्रकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्रनगर नगरपालिकासँगै प्रहरी सहायक निरीक्षक हरिभक्त रोकाय सहितको नगर प्रहरी टोलीले अनुगमन गरेको हो ।

Translate »