वर्ल्डलिंकको दशैं अफर

काठमाडौं(अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले दशैं अवसरमा अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो । कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ ।

६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिंकले ल्याएको ६ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सनलिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेजसमेत ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ ।  वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वल्र्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । तीन नेटटिभीसहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको ६ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागू हुने कम्पनीले बताएको छ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडानसहित चाडपर्व उपहारको रूपमा करिब २० हजार मूल्य पर्ने सेवा–सुविधा उपलब्ध गराउनेछ । यसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाईफाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

Translate »