सुनको मूल्यमा ३०० रुपैयाँको गिरावट

असोज १२, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० बढेको सुनको भाउ मंगलवार सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ८९ हजारमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ८५० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले घटेर रू. १ हजार १५५ किनबेच भइरहेको छ ।

Translate »