सेनेटरी प्याडको मूल्यबृद्धि विरोधमा प्रर्दशन

असोज १२, नेपालगञ्ज ।  सेनेटरी प्याडमा भएको मूल्यबृद्धिको विराधमा प्रर्दशन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले मंगलवार बाँकेको नेपालगञ्जमा बिरोध प्रर्दशन गरिएको हो ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित युवाहरुले वीपी चोकबाट ¥यालीसँगै प्रर्दशन गरेको हुन् । ¥यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिइन् ।

किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध ¥याली प्रदर्शन भएको हो । उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशुल्क गराउनु पर्ने माग राखेका थिए ।

पछिल्लो पटक सरकारले सेनिटरी प्याडमा कर बढाएको भन्दै उनीहरु सडकमा उत्र्रिएका हुन् ।

Translate »