सुर्खेत फर्निचर संघको अध्यक्षमा थापा

स्काई न्यूज / असोज १६, सुर्खेत । सुर्खेत फर्निचर उद्योग संघको अध्यक्षमा भक्तबहादुर थापा निर्वाचित भएका छन् । संघको शनिबार वीरेन्द्रनगरमा भएको छैठौं वार्षिक साधारण सभाले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । सभाबाट उपाध्यक्ष राजु गहतराज, सचिव टिकाराम विक, कोषाध्यक्ष गोपालबहादुर थापामगर तथा सदस्यहरुमा बलबहादुर पल्ली मगर, देवबहादुर सुनार, नरजीत नेपाली, रामबहादुर विक, लक्ष्मण विक, भविसरा विक एवं टिकाराम विक (ख) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।

छैठौं वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै नेपाल फर्निचर तथा फनिसिंङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेमबहादुर थापाले फर्निचर उद्योगी तथा व्यवसायीहरु आपसमा एकजुट हुन नसक्दा राज्यले हेप्दै आईरहेकाले सबै प्रकारका आग्रह, प्रवाग्रह त्यागेर गोलबन्द हुन आव्हान गरे । उनले फर्निचर उद्योगी तथा व्यवसायीको हक, हित र अधिकार प्राप्तिका लागि राजनीतिक पार्टीको आस्था, क्षेत्रीय, भेगिए जस्ता विभेदबाट माथि उठन जरुरी रहेको औल्याए ।

‘अहिले पनि फर्निचर उद्योगी तथा व्यवसायीहरु पुरानै मूल्य र मान्यतामा अघि बढिरहेकाले सोचे जस्तो प्रगति हुन सकिरहेको छैन,’ उनले भने, ‘फर्निचर उद्योगी तथा व्यवसायीहरुको हक, हित र अधिकार प्राप्तिका लागि पुरानोलाई तोड्दै नयाँ व्यवसायीक मूल्य, मान्यता कायम गर्न तर्फ अग्रसर हुनु पर्छ ।’ उनले समय सापेक्ष बजारको मागलाई मध्यनजर गर्दै व्यवसाय प्रवद्र्धनका लागि स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्न सुझाव दिए ।

उनका अनुसार फर्निचर उद्योगी तथा व्यवसायीहरुको हक, हित र अधिकार प्राप्तिका लागि नेपाल फर्निचर तथा फनिसिंङ्ग व्यवसायी संघलाई कर्णाली प्रदेशभर विस्तार गर्न महासंघ प्रयासरत रहेको छ । नवनिर्वाचित कार्यसमितिलाई कला संस्कृति संरक्षण प्रतिष्ठानका महासचिव पूर्णबहादुर शाहीले आधुनिक बजारका मूल्य मान्यतालाई आत्मसात गर्दै फर्निचर उद्योग तथा व्यवसायको प्रवद्र्धनमा जुट्न सुझाव दिए ।

Translate »