बिहीवार बढ्यो सुन तथा चाँदीको मूल्य

असोज २१, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ४०० ले घटेको सुनको भाउ बिहीवार रू. ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ९५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी बिहीवार रू. १० ले बढेर रू. १ हजार १७० मूल्यमा किनबेच भइरहेको छ ।

Translate »