कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त
काठमाडौँ — कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्कालाई १० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी १२ असोजदेखि नेपाल एपीएफ अस्पतालमा उपचाररत छन् । अस्पतालले आइतबार भएको परीक्षणमा खड्का कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।हाल उनको स्वास्थ्य अवस्थासमेत सामान्य रहेको डा. प्रविन नेपालले जानकारी दिए । आसन्न महाधिवेशनका लागि क्रियाशील छानबिन कार्यमा सक्रिय रहेका महामन्त्री खड्कासँगै केन्द्रीय सदस्यहरु प्रदीप पौडेल र जीवन परियारलाई क्रमशः कोरोना संक्रमण पुष्टि भएको छ । पौडेल र परियार भने होम–आइसोलेसनमा बसेका छन् ।