२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

चाँदीको मूल्य स्थिर


कात्तिक ९, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले बढेको सुनको भाउ मंगलवार रू. २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा ६०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला रू. १ हजार २६५ मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ९ गते मंगलबार
Translate »