२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

परीक्षणमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल गुणस्तरीय पाईयो

रोक्का चामल विक्री वितरणका लागि फुक्का गरियो


स्काई न्यूज /कात्तिक १२, सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विक्री वितरणमा रोक लगाइएको चमालको नमूना परीक्षण गर्दा गुणस्तरीय पाईएपछि फुक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले शुक्रबार कम्पनीको सुर्खेत स्थित प्रादेशिक कार्यालयमा रहेको १ हजार ९ सय ७५ क्विन्टल चामलको जाँच नेपालगञ्ज स्थित प्रयोगशालामा परीक्षण गर्दा (खानयोग्य) गुणस्तरीय पाईएपछि फुक्का गरिएको हो । कम्पनीको काठमाडौ स्थित थापाथली गोदाममा रहेको कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने समाचार सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले उक्त चामलको विक्री वितरणमा रोक लगाएको थियो ।

खाद्य प्रविधि विभागले डिभिजन कार्यालय सुर्खेतलाई उक्त चामलको ल्याव परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन दिएपछि संयुक्त अनुगमन टोली सुर्खेतले चामलको नमूना संकलन गरि नेपालगञ्ज स्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट गुणस्तरीय पाईएपछि आज फुक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । उनले असोज ६ गते विक्री वितरणमा रोक लगाइएको उक्त बासमति चामलको प्रयोगशालामा परीक्षण गर्दा मिसावट नभएको पाईएको जनाए । उनका अनुसार उक्त चामल खानयोग्य गुणस्तरीय रहेको पाईएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १२ गते शुक्रबार
Translate »