फार्मेसी संघ कर्णालीको अध्यक्षमा आचार्य

स्काई न्यूज /कार्तिक १४, सुर्खेत ।  नेपाल फार्मेसी संघ कर्णाली प्रदेशको अध्यक्षमा सुन्दर आचार्य निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्पन्न संघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष आचार्यसहित १७ सदस्यीय कर्णली प्रदेश कमिटीलाई निर्वाचित गरेको छ । प्रदेशको वरिष्ठ उपाध्यक्षमा सशी थापा, उपाध्यक्षमा पवन पाण्डे, महासचिव शेखर बराल, सचिव खेमराज खनाल, कोषाध्यक्ष तृष्णा गुरुङ, सह–कोषाध्यक्ष बसन्ती थापा तथा सदस्यमा गोविन्द खत्री, यामराज सुनार, पुष्कर शाही, दिपेन्द्र भण्डारी, पूर्णबहादुर महतरा निर्वाचित भएका छन् ।

प्रदेश कमिटीले रिक्त ५ सदस्यीय कार्यसमितिलाई पछि मनोनयन गर्ने निर्णय गरेको नव निर्वाचित अध्यक्ष आचार्यले स्काई न्यूजलाई बताए । नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिनेमा नेपाल फार्मेसी संघका केन्द्रीय महासचिव युवराज भुसाल, बाँके अध्यक्ष सुरेन्द्र डफगर, जाजरकोट संयोजक निराजन विक्रम शाही, प्रदेश अस्पताल सुर्खेतका फार्मेसी सुपरवाईजरद्वय रेशम भण्डारी, डोलराज मगर, मेहलकुना अस्पतालका फार्मेसी सुपरवाईजर उदयवीर शाही, औषधि व्यवस्था तथा आपूर्ति महाशाखाका फार्मेसी सुपरवाईजर प्रतिक्षा रावललगायत रहेका थिए ।

Translate »