प्रतितोला १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं : सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला १५ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि तिहारअघि कात्तिक १८ गते छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Translate »