मुगु गमगढी बजारमा आगलागि

१७ वटा घर र तीनवटा घुम्ती जलेर पुर्णरुपमा नष्ट

कात्तिक ३०,मुगु ।
मुगु जिल्लाको छायाँनाथ नगरपालिका २ गमगढीको तल्लो बजारको दक्षित तर्फको भाग आगलागि भएको छ ।

गएराती १.३० बजेबाट शुरु भएको आगलागिबाट १७ वटा घर र तिनवटा घुम्ती जलेर पुर्णरुपमा नष्ट भएको छ । आगलागीका कारण करोडौ मूल्य बराबरको क्षति भएको छ ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा करिब ७ घन्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराइले जानकारी दिए ।

आगो स्थानीय ठिन्ले लामाको घरबाट शुरु भएको हाम्रा मुगु संवाददाता कविराज कार्कीले जानकारी दिए । आगलागीमा परी मानवीय क्षति भने भएको छैन । आगलागीको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ । (नेपाल टेलिभिजन)

Translate »