कर्मचारी सञ्चय कोष सुर्खेतको नयाँ हाकिममा रामप्रसाद लामिछाने

स्काई न्यूज /मंसिर १७, सुर्खेत । कर्मचारी सञ्चय कोष सुर्खेतको नयाँ हाकिममा रामप्रसाद लामिछाने आएका छन् । कोषको केन्द्रीय कार्यालयबाट सरुवा भएर आएका लामिछानेले बुधबारदेखि सुर्खेत कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । यसअघि पनि सुर्खेत प्रमुखको जिम्मेवारी सफलतापूर्वक पुरा गरिसकेका लामिछाने कोषका अनुभवि तथा असल व्यवस्थापकका रुपमा चिनिन्छन् । शुक्रबार निवर्तमान कार्यालय प्रमुख अर्जुन निरौलाको विदाई कार्यक्रममा उनले कोषको निर्माधिन भवनलाई तोकिएकै समयमा सम्पन्न गराउन लगाएर कर्णालीका सञ्चयकर्तालाई अधिकतम् सेवा सुविधा पु¥याउने आफ्नो लक्ष्य रहेको बताए । उनले हाल अपुग दरबन्दी अनुसारका कर्मचारी परिपूर्ति गर्दै घर निर्माण तथा जग्गा खरिदका लागि साफटी कार्यक्रमलाई विस्तार गरिने जनाए ।

उनका अनुसार आवश्यकताले बद्लिएको पछिल्लो जीवनशैलीलाई ध्यानमा राखेर वेवडाटा इन्ट्रीलाई अभिबृद्धि गर्दै सेवाग्राहीले घरदेखि नै लाभ लिन मिल्ने योजना अघि ल्याईनेछ । यद्यपि ! कोषका कतिपय सेवा अहिलेपनि अनलाईन मार्फत घरबाटै लिन सकिने रहेको उनको भनाइ छ । विदाई कार्यक्रममा निवर्तमान कार्यालय प्रमखु निरौलाले दुई वर्ष ३ महिनाको सुर्खेत बसाई अत्यन्त रोचक र अनुभवका लागि महत्वपूर्ण रहेको बताए । उनले कोरोना महामारीका वावजुद सञ्चयकर्तालाई घर साफ्टी, केवाईसी, वेवडाटा ईन्ट्री गर्ने जस्ता महत्वपूर्ण उपलब्धी पुरा गर्नमा आफ्नो नेतृत्वको टीमले ठूलो सहयोग पु¥याएको जिकिर गरे ।

व्यक्तिगत उपलब्धी भन्दापनि संस्थागत उपलब्धीका लागि सुर्खेत बसाई आफ्नो कर्मचारी जीवनको सुखःद पल रहेको उनको भनाई थियो । सुर्खेतबाट उनको सरुवा कोष तथा व्यवस्थापन विभाग ठमेल काठमाडौ भएको छ । विदाई कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्मचारी जीवनमा सरुवा, बढवा स्वाभाविक प्रक्रिया भएकाले जहाँ गएपनि संस्थागत विकासमै व्यक्तित्व विकासमा निहित हुनु पर्नेमा जोड दिए । उनले कोष सुर्खेत कार्यालयले पहिलेको तुलनामा आफ्नो सेवालाई विस्तार गरेपनि समय सापेक्ष अझै धेरै सुधार गर्न आवश्यक रहेको औल्याए ।

Translate »