बिहीवार तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

पुस १, काठमाडौं । पुस महीनाको पहिलो कारोबार दिन बिहीवार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले घटेको सुनको भाउ बिहीवार रू. ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९३ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ७०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २१० मा कारोबार भएको चाँदी बिहीवार रू. २५ ले बढेर रू. १ हजार २३५ मा किनबेच भइरहेको छ ।

Translate »