नलगाड हाइड्रोपावरको पाँचौं साधारण सभा पुस २७ गते

पुस ५, सुर्खेत। नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते बोलाएको छ ।

सभा कम्पनीको सभाहल, काठमाडौंमा बिहान ८:३० बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने रहेको छ ।