२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

कर्णालीका दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी : पहिलो दिन नै ३४ क्वीन्टल चामल सुर्खेतबाट सिमीकोट पु¥र्याइयो



स्काई न्यूज /मंसिर ६, सुर्खेत ।  सुर्खेतबाट कर्णालीका पहाडी जिल्लाहरुमा हवाईजहाज मार्फत खाद्यान्न ढुवानी शुरु भएको छ । एक महिनादेखि बन्द सुर्खेत विमान स्थल पुनः सञ्चालनमा आएपछि मंगलबारदेखि हवाई जहाजबाट कर्णालीका पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी शुरु भएको हो । खाद्य तथा व्यापार कम्पनी सुर्खेतले पहिलो दिनमै ३४ क्वीन्टल चामल हुम्ला सदरमुकाम सिमीकोट पु¥याएको छ । कम्पनीको सुर्खेत कार्यालयका प्रमुख माधव मिश्रले सीता एयरको जहाज मार्फत मंगलवारदेखि हुम्लाको सिमीकोटमा खाद्यान्न ढुवानी शुरु गरिएको बताए । उनले पहिलो चरणमा सिमीकोटका लागि ६ हजार क्वीन्टल ढुवानी गर्ने लक्ष्य रहेको बताए ।

‘सडक मार्गको पहुच नरहेको सिमीकोटका लागि सुर्खेत विमानस्थलमो मर्मत सम्भारको काम सकिएर मंगलबारदेखि हवाई जहाज सञ्चालनमा आएसँगै दुर्गममा खाद्यन्न ढुवानी शुरु गरेका छौं,’ उनले भने, ‘यसअघि नेपालगन्ज विमानस्थलबाट खाद्यान्न ढुवानी भएपनि अब सुर्खेत विमानस्थल धावनमार्ग मर्मतको काम सकिएले अब कर्णालीका दुर्गममा सुर्खेतबाटै खाद्यान्न ढुवानी गरिनेछ ।’ उनले सुर्खेत विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै खाद्यान्न ढुवानीका लागि टेण्डर प्रक्रियाले ढिलाई भएपनि अब तोकिएकै समय भित्र दुर्गमका सबै जिल्लामा खाद्यान्न ढुवानी हुने जानकारी दिए । उनका अनुसार अति आवश्यक रहेका स्थानमा सेनाको हेलिकोप्टर मार्फत समेत खाद्यान्न ढुवानी भईरहेको छ ।

कोेरोना भाइरस (कोभिड–१९) को जोखिम अझैपनि खतरामुक्त नरहेकाले सावधानी अपनाउँदै दुर्गमा खाद्यान्न ढुवानी कार्यलाई तीव्रता दिन लागिएको कम्पनीका सुर्खेत लेखा प्रमुख विनोढ पौडेलले बताए । उनले दुर्गममा खाद्यान्न अभाव हुन नदिन कम्पनीले हवाई जहाजसँगै सडक तथा खच्चर मार्फत समेत ढुवानी कार्यलाई तीव्रता दिएको जनाए । उनका अनुसार सडक यातायातले नछोएको हुम्लामा खाद्यान्न ढुवानी अँझै पनि परम्परागत ढंगबाट नै गरिदै आइएको छ । तर यसपटक देखिएको खाद्यान्न अभाव हटाउन मंगलबारदेखि हवाई माध्यमबाट खाद्यन्न ढुवानी शुरु गरिएको हो । केही समय पहिले खाद्यन्न ढुवानीको समस्याले हुम्लामा चरम खाद्य अभाव हुने विषयमा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताहरुले पटकपटक सरकारसँग चिन्ता व्यक्त गरेपछि ढुवानी कम्पनीले थप तीव्रता दिएको छ ।

सीता एयरले हुम्लाको सिमीकोटका लागि खाद्यान्न ढुवानी गरेसँगै अब अन्य स्थानमा आवश्यकता अनुसार खाद्यान्न ढुवानी गरिने उनले बताए । उनले हुम्ली नागरिकको सम्वेदनशीलतालाई बुझेर खाद्यान्नको कुनैपनि समस्या नहोस भनेर ढुवानीलाई तीव्रता दिन लागिएको जनाए । उनका अनुसार अहिले कर्णालीका कुनैपनि स्थानमा खाद्यान्न अभाव नरहेकाले खाद्यान्न मौज्दातका लागि दुर्गमका विभिन्न स्थानमा सुर्खेत र नेपालगन्जबाट खाद्यान्न ढुवानी शुरु गरिएको छ । कम्पनीले हुम्लाका लागि यस वर्षका लागि करिब २० हजार क्वीन्टल चामल छुट्याएको छ ।

चालू आर्थिक वर्षको आउँदो चार महिना भित्र मागको तुलनामा बढी चामल कम्पनीका विभिन्न खाद्य डिपोमा मौज्दात हुनेछ । केही समय पहिले झन्झटिलो ठेक्का प्रक्रिया र विमानस्थल मर्मत सम्भारका कारण खाद्यान्न ढुवानीमा ढिलाई भएपनि अब तदारुकता साथ दुगर्ममा खाद्यान्न ढुवानी हुनेछ । यो वर्ष नेपालगन्जबाट हुम्लामा हवाईमार्गबाट ४ हजार, स्थलमार्गबाट ७ सय र बिक्री केन्द्र खार्पुनाथमा ५ सय क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ । यस्तै, सुर्खेतबाट हुम्ला शाखामा हवाईमार्गबाट ६ हजार क्वीन्टल र स्थलमार्गबाट ७ सय, सर्केगाड डिपोमा १ हजार, बालुवा डिपोमा १ हजार, देउली बिक्री केन्द्रमा ५ सय र छप्रेला बिक्री केन्द्रमा १ हजार क्वीन्टल चामल ढुवानी गर्नुपर्ने छ ।

तर, सुर्खेतबाट हालसम्म जम्मा ५ सय ८४ क्वीन्टल खाद्यान्न मात्रै ढुवानी भएको छ । बाजुराको कोल्टीबाट श्रीनगर डिपोमा ७ सय, धनगढीबाट श्रीनगर डिपोमा ७ सय, बाजुराको मार्तडीबाट श्रीनगर डिपोमा ५ सय गरी कुल २० हजार ५ सय क्वीन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ ।  हुम्लामा मात्रै होइन, कर्णालीका अन्य जिल्लामा पनि चामल ढुवानी कार्यलाई तीव्रता दिईएको छ । साबिक कर्णालीका पाँच जिल्लामा बर्सेनि ४० देखि ५० हजार क्वीन्टल चामल आवश्यक पर्छ । ती जिल्लामा खाद्यान्न संकट हुन नदिन सुर्खेतसहित, नेपालगन्ज, दाङ र धनगढीलगायतका स्थानबाट चामल पु¥याइन्छ । अहिले कम्पनीको सुर्खेत स्थित प्रादेशिक कार्यालयले प्रदेशभर खाद्यान्न ढुवानी कार्यलाई तोकिएको समय अगाबै पुरा गरेर दुर्गमका सबै डिपोमा खाद्यान्न मौज्दात गर्ने नीति अवलम्वन गरेको छ ।

ढुवानीको जिम्मा लिएका केही ठेकेदारले समयमै खाद्यान्न ढुवानी नगर्दा समस्या देखिएपनि उनीहरुसँगको ठेक्का प्रक्रिया तोडेर अन्य ठेकेदार मार्फत ढुवानीलाई तीव्रता दिन लागिएको हो । समयमै चामल ढुवानी नहुँदा खाद्यान्नका गोदामहरु रित्तिन थालेका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाहेक कर्णालीका कुनै पनि जिल्लामा पर्याप्त खाद्यान्न छैन । डोल्पामा चार सय क्वीन्टल, मुगुमा ३ सय १३ क्वीन्टल, मुगुकै श्रीकोटमा चार सय ८५ क्वीन्टल, सोरुकोटमा एक सय क्वीन्टल र डोल्पाको साल्दाङमा एक सय ७० क्वीन्टल मात्र चामल स्टक छ । त्यस्तै, जुम्लामा ९ सय ८७ क्वीन्टल, जाजरकोटमा १ हजार ७ सय १२ क्वीन्टल, दैलेखमा ६ सय ६५ क्वीन्टल र कालीकोटमा ७ सय २३ क्वीन्टल चामल मौज्दात छ ।

खाद्यान्नको चरम संकट पर्ने जिल्लाका गोदामहरुमा सुर्खेतबाट हवाई र स्थलमार्गबाट ढुवानी कार्यलाई तीव्रता दिन लागिएको कम्पनी सुर्खेतका सूचना अधिकारी वासुदेव रिजालले बताए । उनले केही समय पहिले ठेकेदारले सम्झौता तोडिदिँदा ढुवानीमा समस्या भएपनि हाल उक्त समय हटिसकेको जनाए । सरकारले अनुदानमा ढुवानी गर्दै आएको चामल दुर्गममा स्थानीयलाई तोकिएकै समयभित्र खाद्यान्न पु¥याउन पहल गरिरहेको छ ।

बाजुराको कोल्टीबाट श्रीनगर डिपोमा सातसय, धनगढीबाट श्रीनगर डिपोमा सातसय, बाजुराको मार्तडीबाट श्रीनगर डिपोमा पाँचसय गरेर कुल २० हजार पाँचसय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने छ । साविक कर्णालीका पाँच जिल्लामा बर्सेनी ४० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्दछ । ती जिल्लामा खाद्यान्न संकट हुन नदिन सुर्खेतसहित, नेपालगञ्ज, दाङ र धनगढी लगायतका स्थानबाट चामल पु¥याइन्छ ।

 

प्रकाशित मिति : २०७८ पुस ६ गते मंगलबार
Translate »