ओमिक्रोन भेरियन्ट समुदायमा: यस्ता छन् जान्नै पर्ने १४ कुरा

नेपालमा कोरोना ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको छ।
– यो निकै छिटो फैलिन सक्छ।

– खोप लगाएकालाई पनि सर्न सक्छ।

– अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।

– सामान्यतया पहिलेका भन्दा मत्थर भए पनि केही व्यक्तिमा गम्भीर समस्या आई पर्न सक्छ।

– संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।

– पहिलेको जस्तो उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायक लाई आवस्यक छ।

– संक्रमितको सम्पर्कमा आएको थाहा हुन साथ आफूलाई आइसोलेट गरौं।

– कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाएर गरेर सकेसम्म धेरै संक्रमितलाई पहिचान गरौं।

– हवाई वा स्थल नाका बाट छिर्ने सबैलाई अनिवार्य पिसिआर गर्ने व्यवस्थापन गरौं।

– खोप अभियान तिब्र पारौं। स्मरण रहोस् खोप लगाएको २-४ हप्ता पछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ।

– जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ।

– मास्कको प्रयोग अनिवार्य गरौं।

– फेरि लक डाउन र बन्द गर्नु पर्ने स्थिति आउन दिनु हुँदैन।

– यसपालि त जागरुक बनौं। (डा सुदिप खड्का भाइरोलोजिस्ट हुन्) (स्वास्थ्य खबर)

Translate »